global ime bank Long Banner Ad

गृहपृष्ठ यू-१९ विश्वकपको एसिया छनोटमा नेपालको विजयी सुरुआत

यू-१९ विश्वकपको एसिया छनोटमा नेपालको विजयी सुरुआत

यू-१९ विश्वकपको एसिया छनोटमा नेपालको विजयी सुरुआत

आईसीसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटका लागि भएको खेलमा नेपालले विजयी सुरुवात गरेको छ । आज बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो ।

नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ बलमा ३८ रनमात्र बनाउन सक्यो । बलिङतर्फ श्रृष्टि जैसीले ३ विकेट लिइन् । स्नेहा महरा, कृतिका मरासिनी र अनु कडायतले २–२ विकेट लिए । त्यसअघि यूकेएम ओभल मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो। नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहदै ३२ रन बनाईन्। यस्तै सृष्टि जैशीले अविजित २३ रन जोडिन् । त्यसअघि सानु राजवंशीले २१, अन्जली विश्वकर्माले ११ र किरण कुमारी कुँवरले १ रन जोडेर आउट भए ।

कतारका लागि साची ढड्वाल र अलिना खानले १(१ विकेट लिए । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकामा हुने युवा विश्वकप खेल्न पाउनेछ । प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेलमा भोलि युएईविरूद्ध खेल्नेछ छ ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु