global ime bank Long Banner Ad

गृहपृष्ठ २,५९५ नमुना परीक्षण गर्दा थप १४ जनामा कोरोना पुष्टि

२,५९५ नमुना परीक्षण गर्दा थप १४ जनामा कोरोना पुष्टि

२,५९५ नमुना परीक्षण गर्दा थप १४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा दुई हजार ५९५ वटा नमुना परीक्षण गर्दा देशभर १४ जना काेराेना संक्रमित थपिएका छन् । आज थप ८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । बिहीबार ८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर रहेका १०१ जना सक्रिय संक्रमितमध्ये १०० जना होम आइसोलेसनमा र एकजना आइसीयूमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज एक लाख ४३ हजार ५८२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित समय : ००:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु