२,५९५ नमुना परीक्षण गर्दा थप १४ जनामा कोरोना पुष्टि
वि.सं.२०७९ जेठ २० शुक्रवार ००:१९
shares

पछिल्लो २४ घण्टामा दुई हजार ५९५ वटा नमुना परीक्षण गर्दा देशभर १४ जना काेराेना संक्रमित थपिएका छन् । आज थप ८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । बिहीबार ८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर रहेका १०१ जना सक्रिय संक्रमितमध्ये १०० जना होम आइसोलेसनमा र एकजना आइसीयूमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज एक लाख ४३ हजार ५८२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

























