काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्सेमा १८ अंककाे गिरावट

12.77K
shares

सेयर बजार सूचक नेप्सेमा थप १८ अंकको गिरावट आएको छ । केही दिनयता लगातार ओरालो लागिरहेको नेप्से बिहीबार थप १८.२६ अंकले घट्दै २१ सय १२.४७ अंकमा आइपुगेको हो ।

यस दिन 'क' वर्गको सेन्सेटिभ इन्डेक्ससमेत ३.८१ अंकले घट्दै ४१०.६६ अंकमा झरेको नेप्सेले जनाएको छ । नेप्से सूचक घट्दै गर्दा यता कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १८ अंकमाथिले घटेको बजारमा आज जम्मा १ अर्ब १६ करोड १५ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

कुल १३ उपसूचकहरुमध्ये मुचुअल फन्ड बाहेकका १२ वटा उपसूचक ऋणात्मक भएका छन् । यस दिन सबैभन्दा बढी निजीवन बिमा र अन्य समूहको उपसूचक समान १.५६ प्रतिशतले घट्न पुगेको छ ।