गृहपृष्ठ नेप्सेमा १८ अंककाे गिरावट
नेप्सेमा १८ अंककाे गिरावट
सेयर बजार सूचक नेप्सेमा थप १८ अंकको गिरावट आएको छ । केही दिनयता लगातार ओरालो लागिरहेको नेप्से बिहीबार थप १८.२६ अंकले घट्दै २१ सय १२.४७ अंकमा आइपुगेको हो ।
यस दिन 'क' वर्गको सेन्सेटिभ इन्डेक्ससमेत ३.८१ अंकले घट्दै ४१०.६६ अंकमा झरेको नेप्सेले जनाएको छ । नेप्से सूचक घट्दै गर्दा यता कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १८ अंकमाथिले घटेको बजारमा आज जम्मा १ अर्ब १६ करोड १५ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।
कुल १३ उपसूचकहरुमध्ये मुचुअल फन्ड बाहेकका १२ वटा उपसूचक ऋणात्मक भएका छन् । यस दिन सबैभन्दा बढी निजीवन बिमा र अन्य समूहको उपसूचक समान १.५६ प्रतिशतले घट्न पुगेको छ ।
प्रकाशित समय : २२:०६ बजे



















