गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रातो मच्छेन्द्रनाथ जात्रामा सहकार्य

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रातो मच्छेन्द्रनाथ जात्रामा सहकार्य

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रातो मच्छेन्द्रनाथ जात्रामा सहकार्य

ललितपुरको पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रथ तान्ने भक्तजनलाई २ सय थान टिसर्ट बैंकको कुमारीपाटी शाखामार्फत वितरण गरेको छ ।

ललितपुरको विभिन्न स्थान हुँदै जावलाखेलमा भोटो देखाई जेठ २१ गते समापन हुने उक्त जात्रामा सहभागी भक्तजनलाई जेठ १९ र २० गते जावलाखेल चोकमा सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क पिउने पानी वितरणको व्यवस्था गरेको छ ।

बैंकले ११२ शाखा कार्यालय, ३२ एटीएमका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको अभ्यासलाई पालना गर्दै आएको छ ।

प्रकाशित समय : २१:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु