गृहपृष्ठ ‘वाइवाइ ग्लोकल टिन हिरो नेपाल २०२२’को आवेदन खुल्याे

‘वाइवाइ ग्लोकल टिन हिरो नेपाल २०२२’को आवेदन खुल्याे

‘वाइवाइ ग्लोकल टिन हिरो नेपाल २०२२’को आवेदन खुल्याे

‘वाइवाइ ग्लोकल टीन हिरो नेपाल’को आठौं संस्करणका लागि आवेदन खुलेको छ । यस वर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत घोषणा गरिनेछ ।

‘वाइवाइ ग्लोकल टिन हिरो, ग्लोकल प्रालिको एक कार्यक्रम हो, जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउने कार्य गरिन्छ । वाइवाइ ग्लोकल टिन हिरो एक यस्तो मञ्च हो, जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट सन् २०१५ मा सुरु भई काठमाडौंका किशोरकिशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोरकिशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका सात किशोरकिशोरीहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ । ग्लोकल टिन हिरो इन्डियाबाट तीन र श्रीलंकाबाट दुई जना सम्मनित भएका छन् । साथै २० अण्डर २० छनोट गरेर हालसम्म १४० जनालाई सम्मानित गरिएको छ । ग्लोकल टिन हिरोलाई दक्षिण एसियाली राष्ट्रबीच प्रचार गर्न कम्पनीले लक्ष्य लिएको छ ।

सेप्टेम्बर १, २०२२ मा वाइवाइ ग्लोकल टिन हिरोे नेपाल आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कुटनीति, एवं अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र विभिन्न मिडिया टेलिभिजनमार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ । यस वर्ष आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा लगायतका सम्पूर्ण कार्य भौतिक रुपमा सञ्चालन हुनेछ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यहरु लगायत विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्शाएका प्रतिभावान किशोरकिशोरीहरुले https://glocalteenhero.com/nepal मार्फत निशुल्क आवेदन भर्न सक्नेछन् ।

पहिलो चरणमा कुल आवेदनहरुलाई अन्तर्वार्ता र दस्तावेज समीक्षाको आधारमा ‘ग्लोकल २०अन्डर२०’को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ । अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्वार्ता हुनेछ र वाइवाइ ग्लोकल टीन हीरो नेपाल २०२२ को विजेता घोषणा गरिने छ ।

प्रकाशित समय : २१:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु