बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
वि.सं.२०८३ असोज २२ बिहीवार १८:५६
shares
????????????? ??. ?????????? ????????, ?? ??? : ????? ??? ????????????? ??. ?????? ?????????? ?????????????? ?????? ????? ????? ?????? ????? ???????????? ?????? ????????? ????? ???????? ???? ??????? ??????, ???? ???? ????? ??????? ????? ???????? ???????? ??????????? ?????? : ???? ???????/????
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै नेपाली ब्राण्डलाई विश्व बजारमा स्थापित गर्न सरकारले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताएको छन् ।
कर्पोरेट नेपालद्वारा आज यहाँ आयोजित ‘नेपाली ब्राण्ड परिसंरचना २०८३’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले नेपालका उत्पादन तथा ब्राण्डको वर्तमान अवस्था पहिचान गर्न वैज्ञानिक विधिबाट गरिएको अध्ययन महत्त्वपूर्ण हुने बताए ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाली ब्राण्डको प्रवर्द्धनका लागि विद्यमान नीतिगत तथा संरचनागत समस्याको पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । औद्योगिक तथा बौद्धिक सम्पत्तिको संरक्षण र प्रवर्द्धनमा राज्यका सम्बन्धित निकाय, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
उनले नेपालका विशिष्ट उत्पादन, मौलिक पहिचान र भौगोलिक विशेषताबाट अन्तरराष्ट्रिय बजारमा लाभ लिन सकिने बताए । भौगोलिक पहिचानसँग जोडिएका उत्पादनलाई बौद्धिक सम्पत्तिका रूपमा संरक्षण गर्दै विश्व बजारमा नेपाली ब्राण्डका रूपमा स्थापित गर्नुपर्ने उल्लेख गरे ।
“आजको व्यापार भौगोलिक सीमामा मात्र सीमित छैन । सूचना प्रविधिले हाम्रा उत्पादनलाई विश्व बजारसम्म सहज रूपमा पुर्याउने वातावरण बनाएको छ,” सञ्चारमन्त्री डा तिमिल्सिनाले भने ।
सरकारको भूमिका नेपाली उत्पादन र ब्राण्डलाई विश्व बजारमा पुर्याउन आवश्यक वातावरण निर्माण गर्ने र प्रक्रियागत रूपमा सहजीकरण गर्ने रहेको उनले स्पष्ट पारे । यसका लागि आवश्यक नीति, नियम र कानुन निर्माण तथा विभिन्न सरकारी निकायबीच समन्वयलाई सरकारले प्राथमिकतामा राख्ने उनको भनाइ थियो ।
नेपाली उत्पादन र ब्राण्डको विकासका लागि सम्बन्धित निकायसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नीतिगत रूपमा के–कस्तो काम गर्न सकिन्छ भन्ने विषयमा विभिन्न निकायबीच समन्वय आवश्यक छ । त्यसका लागि सरकार सम्बन्धित सबै पक्षसँग सहकार्य गर्न तयार छ ।”
सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाली ब्राण्डको विकास केवल व्यापारिक विषय नभई मुलुकको अर्थतन्त्रसँग समेत जोडिएको बताए । नेपालका विशिष्ट तथा मौलिक उत्पादनलाई प्रभावकारी रूपमा ब्राण्डका रूपमा स्थापित गर्नसके त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने उनको भनाइ थियो ।
उहाँले ब्राण्डिङ केवल प्रचार–प्रसारको विषय नभई मौलिकता, नेपालीपन र छुट्टै पहिचान निर्माण गर्ने प्रक्रिया भएको बताए । आफ्ना उत्पादन तथा व्यवसायमा नेपालीपन र मौलिक पहिचान स्थापित गर्दै अघि बढ्न सके दीर्घकालीन रूपमा उपभोक्ताको विश्वास र व्यावसायिक सफलता हासिल गर्न सहयोग पुग्ने उनले उल्लेख गरे ।
























