nmb bank

गृहपृष्ठ महालक्ष्मी कर्पोरेट क्रिकेटको उपाधि आइसीएफसी फाइनान्सले जित्यो

महालक्ष्मी कर्पोरेट क्रिकेटको उपाधि आइसीएफसी फाइनान्सले जित्यो

महालक्ष्मी कर्पोरेट क्रिकेटको उपाधि आइसीएफसी फाइनान्सले जित्यो

महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको थियो ।

यही जेठ १३ देखि १५ गतेसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपधि आइसीएफसी फाइनान्स लिमिटेडले जित्न सफल भएको छ । प्राइम बैंकले द्वितीय र कामना सेवा विकास बैंकले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र, महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले संयुक्त रुपमा ट्रफी, मेडल तथा प्रमाणपत्रहरु प्रदान गरे । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा आइसीएफसी फाइनान्स, द्वितीय प्राइम बैंक, तृतीय कामना सेवा विकास बैंक, उत्कृष्ट फिल्डर आइसीएफसी फाइनान्सका सुरज तिमिल्सिना, उत्कृष्ट विकेट किपर मुक्तिनाथ विकास बैंकका मनिष सिंह, उत्कृष्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका हेमन्त कुमार श्रीवास्ताव, उत्कृष्ट खेलाडी प्राइम बैंकका क्रितार्थ शाक्यलगायत ३२ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई म्यान अफ दि म्याचको ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर मिश्रले यस क्रिकेट लिगलगायत अन्य सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाबीच भाइचारा, आत्मीयता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखी उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए । महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समूह निर्माण गर्न, समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्‍याउने हुँदा समय-समयमा यस्ता गतिविधि सञ्चालन गर्नु जरुरी रहेको बताए ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु