global ime bank Long Banner Ad

गृहपृष्ठ वीरगञ्जको रुंगटा मलमा मेगा बैंकको शाखा स्थापना

वीरगञ्जको रुंगटा मलमा मेगा बैंकको शाखा स्थापना

वीरगञ्जको रुंगटा मलमा मेगा बैंकको शाखा स्थापना

वीरगञ्जको रुंगटा मलमा मेगा बैंक नेपाल लिमिटेडको शाखा स्थापना भएको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ शाखा कार्यालयको उद्घाटन गरेका हुन् । यसअघि आदर्शनगरमै रहेको शाखा रुंगटा मलमा स्थानान्तरण गरिएको हो ।

मेगा बैंकका अध्यक्ष शाहले मेगा बैंकले अत्याधुनिक बैंकिङ सेवाका साथै छिटो, छरितो र प्रभावकारी ढंगले सेवा प्रवाह गरिरहेको बताए । औद्योगिक नगरी वीरगञ्जलाई मेगा बैंकले सधैँ प्राथमिकता दिएको बताउँदै अध्यक्ष शाहले युवा उद्यमी, निर्यातमुखी कृषि तथा निर्यातमुखी व्यवसायलाई मेगा बैंकले प्राथमिकता र प्रोत्साहन गरिरहेको बताए ।

प्रकाशित समय : ००:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु