global ime bank Long Banner Ad

गृहपृष्ठ तारा एयर विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन

तारा एयर विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन

तारा एयर विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ ।

मन्त्रालयले वरिष्ठ एरोनटिकल इञ्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ । आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । 

आइतबार कास्कीको पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको कलसाइन ९एन एइटी ट्विनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा पर्ने सानोसुरेमा १४ हजार ५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । उक्त विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य गरी २२ जना सवार थिए ।

प्रकाशित समय : ००:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु