गृहपृष्ठ ओप्पो ‘रिसर्च इन्स्टिच्युट इनोभेसन एक्सेलेटर’ घोषणा

ओप्पो ‘रिसर्च इन्स्टिच्युट इनोभेसन एक्सेलेटर’ घोषणा

ओप्पो ‘रिसर्च इन्स्टिच्युट इनोभेसन एक्सेलेटर’ घोषणा

अन्तर्राष्ट्रिय कम्पनी ओप्पोले ‘ओप्पो रिसर्च इन्स्टिच्युट इनोभेसन एक्सेलेटर’ घोषणा गरेको छ । यसमार्फत् विश्वभरका प्रविधि व्यवसायी तथा उद्यमीहरुलाई थप ऊर्जा प्रदान गरी सुदृढ जीवन तथा भविष्यका लागि नवीनतम सृजना हुने विश्वास लिइएको छ ।

इनोभेसन एक्सेलेटरका लागि ओप्पो रिसर्च इन्स्टिच्युटले माईक्रोसफ्ट फोर स्टार्टअपका रुपमा सहकार्य गर्नेछ । यो कार्यक्रममार्फत् सबै प्रविधि व्यावसायीहरुलाई मानिसले सामना गर्ने समस्या समाधान गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ । ‘भर्टुअस ईनोभेसन’ को विषयवस्तुमा केन्द्रित ओप्पोले पहुँचयोग्य प्रविधि र डिजिटल हेल्थ गरी दुई वटा प्रस्तावहरुको आह्वान गरेको छ ।  सहभागी टोली वा व्यक्तिहरुद्वारा पेश गरिएका प्रस्तावहरुको मूल्यांकनपछि १० वटासम्म प्रस्तावलाई प्रतिप्रस्ताव ४६ हजार डलरको अनुदान प्रदान गरिनेछ । साथै लगानीका अवसर, प्राविधिक सहयोग, अनुसन्धान, व्यावसायिक साझेदारी र विश्वव्यापी रुपमा प्रस्तुतिका लागि थप अवसर प्रदान गरिने जनाइएको छ ।

ओप्पो अनुसन्धान संस्थानका उपाध्यक्ष प्रमुख लेभिन लिउले भने, ‘ओप्पोले भर्टुअस इनोभेसनको धारणामा गहिरो विश्वास गर्छ । हामीले नयाँ प्रविधि पत्ता लगाउन खोज्दा मानिसलाई पहिलो स्थान दिन्छौँ र प्रविधिको माध्यमबाट मानिसहरुले सामना गरिरहेका केही ठूला समस्या समाधान गर्ने प्रयास गरिरहेका छौं ।’

प्रस्तावका लागि यही मे ८ देखि अनलाइन आवेदन खोलिसकेको छ । तीन महिनाको प्रारम्भिक मूल्यांकन र डेमो डे, रोड शोपछि घोषणा गरिनेछ । ओप्पोले सबै विजेता टोली वा व्यक्तिहरुलाई आर्थिक अनुदान उपलब्ध गराउनेछ ।

प्रकाशित समय : ०१:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु