काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल टेलिकमको दसैं–तिहार अफर: एफटीटीएच जडान शुल्क मिनाहा, मोबाइल डाटामा छुट

715
shares

काठमाडौं । नेपाल टेलिकमले दसैं, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि ‘दसैं–तिहार अफर २०८३’ ल्याउने भएको छ। अफरअन्तर्गत एफटीटीएच इन्टरनेट जडानमा छुट, वार्षिक प्याकेजमा थप एक महिना सेवा तथा मोबाइलमा सहुलियत दरका भ्वाइस र डाटा प्याकेज उपलब्ध हुनेछन्।

नेपाल टेलिकमका अनुसार असोज २५ देखि कात्तिक ३० सम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क तिर्नुपर्ने छैन। त्यस्तै, १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थपसहित १३ महिनाको सेवा पाउनेछन्। बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिनेछ। भर्चुअल सेट–टप बक्ससहितको प्याकेजमा यसअघि नै एक हजार रुपैयाँ छुट उपलब्ध छ।

अफरअन्तर्गत जीएसएम मोबाइल प्रयोगकर्ताले ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटासहितको फेस्टिभल अनलिमिटेड र ६९९ रुपैयाँमा दैनिक १० जीबी डाटासहितको फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्न सक्नेछन्। तोकिएको दैनिक डाटा सकिएपछि पहिलो प्याकेजमा बाँकी समय २ एमबीपीएस र दोस्रो प्याकेजमा ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।

त्यसैगरी, २५० रुपैयाँमा एक हजार मिनेट अल–नेट भ्वाइस सुविधासहितको ‘जोयफुल मिनेट्स’ र ९९ रुपैयाँमा एक हजार अन–नेट एसएमएस सुविधासहितको ‘फेस्टिभ म्यासेज’ प्याकेज उपलब्ध हुनेछ। यी सबै मोबाइल प्याकेजको समयावधि ३० दिनको हुनेछ।

मोबाइल प्याकेजमा अफरअन्तर्गतको सुविधा लिन ग्राहकले २०८३ असोज ३० देखि कात्तिक ३० सम्म प्याकेज खरिद गर्नुपर्नेछ। प्याकेज खरिद गर्न मोबाइलबाट *१४१५# डायल गर्न वा नेपाल टेलिकम एप प्रयोग गर्न सकिनेछ।

चाडपर्वका अवसरमा ल्याइएको अफरले ग्राहकलाई आफन्तसँग सम्पर्कमा रहन, खुसी साटासाट गर्न र डिजिटल सेवाको प्रयोग बढाउन प्रोत्साहन गर्ने कम्पनीको विश्वास छ।