काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

२० देशमा फैलियो मंकीपक्स, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

17.83K
shares

विश्वका २० देशमा मंकीपक्सको संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारीअनुसार विभिन्न देशमा मंकीपक्सबाट संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मंकीपक्सको संक्रमण पुष्टि भएको जनाएका छन् ।

'हामीलाई प्राप्त विवरणअनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा संक्रमण पुष्टि भएको छ भने अरु एक सयभन्दा बढीमा शंकास्पद लक्षण देखिएको छ,' डब्लुएचओका अधिकारीको भनाइ छ । मंकीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।

यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि संक्रमण छिटो-छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ । डब्लुएचओका उच्च अधिकारीहरूले संक्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् ।