गृहपृष्ठ आयल निगमलाई निजीकरण गर्ने कार्यक्रम छैन : प्रधानमन्त्री
आयल निगमलाई निजीकरण गर्ने कार्यक्रम छैन : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आयल निगमलाई निजीकरण गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् । शनिबार संसदमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै साे कुरा बताएका हुन् ।
पेट्रोलियम पदार्थजस्ता वस्तुका लागि निजीकरण नहुने भन्दै प्रधानमन्त्री देउवाले यसमा सरकारले नै काम गर्ने बताए । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै शुक्रबार निगमको निजीकरण गर्न खोजिएको हो कि भनी प्रश्न गरेका थिए ।
प्रधानमन्त्री देउवाले तरलता व्यवस्थापन गर्न तथा सामाजिक सुरक्षाको कार्यक्रमलाई ध्यान दिएको बताए । उनले सार्वजनिक संस्थाहरुको सुधार गर्नेदेखि प्रतिस्पर्धी बनाउने कुरा नीति तथा कार्यक्रममा राखिएको उल्लेख गरे ।
प्रकाशित समय : ०१:५७ बजे