काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रस्तावित राजदूत खरेलद्वारा आफूविरुद्ध उठाइएका विषयमा प्रष्ट पार्ने कोसिस

588
shares

ai logo सारांश

  • मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रियालाई निरन्तरता दिइने भएको छ ।
  • आवश्यक निर्णय गरिने र ढिलाइ भएमा सचिवालयमार्फत जानकारी गराइने सभापति श्रेष्ठले बताए ।

काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रियालाई निरन्तरता दिइने भएको छ ।

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलका विषयमा विवादित विषयबारे थप अध्ययन गर्नुपर्ने भएकाले सुनुवाइ प्रक्रिया टुङ्गिन बाँकी रहेको जानकारी दिए ।

समितिको आजको बैठकमा प्रस्तावित राजदूत खरेलसँग स्वार्थको द्वन्द्व, म्यानपावर व्यवसायीसँगको सम्बन्ध र पोखराको जग्गा खरिदमा अनियमिततालगायत विषयमा प्रश्न उठाइएको थियो ।

सभापति श्रेष्ठले विवादबारे थप सूचना आवश्यक भएकाले समितिलाई अध्ययनका लागि समय चाहिएको बताए ।

परराष्ट्र ऐनमै उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था भएको उल्लेख गर्दै उनले समितिले त्यसको अध्ययन तथा रुजु गर्नुपर्ने आवश्यकता औँल्याए। थप अध्ययनपछि आवश्यक निर्णय गरिने र ढिलाइ भएमा सचिवालयमार्फत जानकारी गराइने सभापति श्रेष्ठले बताए ।