रास्वपाकाे पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धि सूचना
वि.सं.२०८३ असोज २८ बुधवार १५:१६
shares

काठमाडौ। सत्तारूढ रास्वपाले पार्टी कार्यालयका लागि घर जग्गा खरिदसम्बन्धी प्रस्ताव माग गरेकाे छ ।
पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने असाेज १७ को केन्द्रीय समितिको निर्णयबमोजिम घर/जग्गा खरिद गर्न लागिएको उसले जनाएको छ।
आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा आवश्यक परेको हुँदा, देहायका सर्त तथा मापदण्ड पूरा गर्ने इच्छुक घरधनी/जग्गाधनीहरूबाट यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र प्रस्ताव पेस गर्न रास्वपाले आह्वान गरेकाे छ ।
























