गृहपृष्ठ दराजले सुरु गर्‍यो ‘प्रमोटिङ नेपाली ब्राण्ड्स’ अभियान

दराजले सुरु गर्‍यो ‘प्रमोटिङ नेपाली ब्राण्ड्स’ अभियान

दराजले सुरु गर्‍यो ‘प्रमोटिङ नेपाली ब्राण्ड्स’ अभियान

अनलाइन सपिङ कम्पनी दराजले यही जेठ १३ बाट ‘प्रमोटिङ नेपाली ब्राण्ड’ अभियान सुरु गरेको छ । नेपाली बजारमा उच्च गुणस्तरका वस्तु तथा सेवा प्रदान गर्दै आएका नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरु गरिएको दराजले जनाएको छ ।

यो अभियान वर्षैभरि सञ्चालन हुने कम्पनीले जनाएको छ । यसबाहेक, यो अभियानले दराजसँग सम्बन्धित स्थानीय ब्रान्ड र बिक्रेताहरूलाई आफ्नो अनलाइन उपस्थिति बढाउन र आधुनिक डिजिटल युगमा सजिलैसँग व्यापार सञ्चालन गर्न प्रत्यक्ष सहयोग गर्ने प्रयास गर्ने जनाइएको छ । यो अभियानमार्फत् दराजले नेपाली ब्रान्डहरूलाई अनलाइनमा आफ्नो उपस्थिति र भिजिबिलिटी बढाउन तथा आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत गर्ने आशा राखेको कम्पनीले जानकारी दिएको छ ।

फुलु, जुआस, सीजी डिजिटल, मन्त्र, गोल्डस्टार, यासुडा लगायतका नेपाली ब्रान्डहरूको सहकार्यमा सञ्चालन हुने यो अभियानले ग्राहकहरूलाई नेपाली ब्रान्डका बारेमा थप जानकारी दिने अवसर प्रदान गर्ने कम्पनीकाे विश्वास छ ।

प्रकाशित समय : ०२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु