सुनचाँदीको मूल्य घट्यो
वि.सं.२०८३ असोज २८ बुधवार १२:०८
shares

सारांश
- स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार ७०० र चाँदीको मूल्य १०० ले घटेको छ ।
- छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार २५५ कायम भएको छ ।
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार ७०० र चाँदीको मूल्य १०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार २५५ कायम भएको छ ।
छापावाल सुन मङ्गलबार प्रतितोला दुई लाख ९२ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३५५ कायम भएको थियो ।
























