लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त
वि.सं.२०८३ असोज २८ बुधवार १३:१७
shares

सारांश
- लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त भएका छन् ।
- असोज २७ गते बसेको बैठकले कात्तिक १५ गतेदेखि लागू हुने गरी भट्टराईलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव पियूषराज अर्यालले जनाएका छन् ।
- कात्तिक १४ गतेसम्म सीईओ अजयविक्रम शाह रहने छन् ।
काठमाडौं । लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त भएका छन् ।
सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले कात्तिक १५ गतेदेखि लागू हुने गरी भट्टराईलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव पियूषराज अर्यालले जनाएका छन् । कात्तिक १४ गतेसम्म सीईओ अजयविक्रम शाह रहने छन् ।
हाल सिनियर डीसीईओका रुपमा कार्यरत भट्टराई लामो समयदेखि बैंकिङ क्षेत्रमा आबद्ध छन् ।
























