काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

1.97K
shares

ai logo सारांश

  • दशैंको सन्दर्भमा डा.मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् ।
  • बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी नगरा बजासिहत पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्यसमेत गरेका छन् ।
  • परियारले ‘पुच्छर सम्मेलन’ मार्फत विभिन्न सामाजिक तथा धार्मिक कुरीति हटाउन आग्रह गरेका छन् ।

काठमाडौं । दशैंको सन्दर्भमा डा.मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी नगरा बजासिहत पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्यसमेत गरेका छन् ।

परियारले ‘पुच्छर सम्मेलन’ मार्फत विभिन्न सामाजिक तथा धार्मिक कुरीति हटाउन आग्रह गरेका छन् । सम्मेलनमा दशैंलगायत चाडपर्वमा हुने जातीय विभेद अन्त्य गर्नुपर्ने, दशैंमा शक्तिपीठहरूमा नगरा लगाउने दमाई समुदायका व्यक्तिहरूलाई अपमान नगरी सम्मान गर्नुपर्ने र सबै जातिका हिन्दूहरूलाई मठमन्दिरमा प्रवेश सुनिश्चित गर्नुपर्ने विषय उठाइएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानमै जातीय विभेद गर्नेलाई हदैसम्मको कारबाहीको व्यवस्था भए पनि त्यसको पूर्ण कार्यान्वयन नहुँदा छुवाछुत तथा विभेद पुनः मौलाउन थालेको दाबी गरे ।

दलित अभियान्ता तथा नेता दलमर्दन कामीले देश धर्म निरपेक्ष हुँदा पनि धर्मीक कर्मकाण्ड र संस्कारमा भएका विकृतिले दलित समुदाय थप पीडित भएको बताए ।

सो कार्यक्रममा अभियान्ता कमला हेम्चुरीले भाग माग्ने तथा पुच्छर दिने परम्परा अन्त्य गर्नुपर्ने र धर्म तथा संस्कारमा सुधार गरी जातीय विभेद हटाउनुपर्नेमा जोड दिइन् । अभियान्ता मंगल सिंह प्रजाले संस्कृतिक तथा जातीय विभेदले हिन्दु धर्म बदनाम भएको तथा धर्मान्तरण बढेको जिकिर गरे ।