काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नारायणगढ-मुग्लिन सडकमा सुक्खा पहिराे : १ जना घाइते, २ सवारीसाधनमा क्षति

10.71K
shares

नारायणगढ-मुग्लिन सडकखण्ड पहिराेले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६, नाम्दीखोला नजिकै आज साँझ ५:३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिराेमा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।

उक्त पहिराले मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९०९ नम्बरको माइक्रोबस र सोही दिशाबाट आउँदै गरेको प्र३-०१-०२३च-०५३५ नम्बरको कारमा क्षति पुगेको छ । घटनामा परी माइक्रोका चालक नवलपुर कावासोती-७ बस्ने ३६ वर्षीय टीकाराम महतोलाई ढुंगाले हातमा लागि सामान्य चोट लागेको प्रहरीले जनाएको छ । अन्य यात्रु सकुशल रहेको र दुवै सवारीमा क्षति पुगेको छ ।