काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दसैँ भित्रिएसँगै बजार र गाउँघरमा बढ्दै चहलपहल

567
shares

ai logo सारांश

  • दसैँ नजिकिएसँगै भोजपुर सदरमुकामसहित जिल्लाका विभिन्न बजारमा चहलपहल बढेको छ।
  • दसैँ मनाउन आवश्यक पर्ने लत्ताकपडा, खाद्यान्न तथा घरायसी सामग्री खरिद गर्न ग्रामीण क्षेत्रबाट सर्वसाधारण सदरमुकाम आउन थालेका हुन्।
  • भोजपुर सदरमुकामसँगै टक्सार, दिङ्ला तथा हतुवागढीलगायतका स्थानीय बजारमा पनि चहलपहल बढेको छ।

भोजपुर। दसैँ नजिकिएसँगै भोजपुर सदरमुकामसहित जिल्लाका विभिन्न बजारमा चहलपहल बढेको छ। दसैँका लागि आवश्यक सामग्री खरिद गर्न गाउँगाउँबाट सर्वसाधारण बजार आउन थालेपछि बजारमा भीड बढ्नुका साथै व्यापारिक गतिविधि चलायमान भएको हो।

दसैँ मनाउन आवश्यक पर्ने लत्ताकपडा, खाद्यान्न तथा घरायसी सामग्री खरिद गर्न ग्रामीण क्षेत्रबाट सर्वसाधारण सदरमुकाम आउन थालेका हुन्। लामो समयदेखि रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा जिल्ला बाहिर रहेका मानिससमेत चाडपर्व मनाउन घर फर्कन थालेपछि बजार र यातायातमा चहलपहल बढेको हो।

यात्रुको चाप बढेसँगै जिल्लाका सात स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

चाडपर्वका समयमा यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउन तथा हुनसक्ने समस्यामा सहजीकरण गर्न सहायता कक्ष सञ्चालन गरिएको छ। बजारमा चहलपहल बढेसँगै व्यापारीलाई पनि भ्याइनभ्याइ छ। दसैँलाई लक्षित गरी पसलमा नयाँ सामान राख्ने, पसल सजाउने तथा ग्राहक आकर्षित गर्ने तयारी गरिएको छ।

खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पललगायतका सामग्री खरिद गर्ने ग्राहकको चाप बढ्न थालेको व्यापारीले बताएका छन्। दसैँ मनाउन घर फर्कनेको सङ्ख्या बढेसँगै सार्वजनिक यातायातमा समेत यात्रुको चाप बढेको छ।

भोजपुर सदरमुकामसँगै टक्सार, दिङ्ला तथा हतुवागढीलगायतका स्थानीय बजारमा पनि चहलपहल बढेको छ। दसैँको तयारीस्वरूप घरआँगन सफा गर्ने, पिङ बनाउर्ने क्रम बढेसँगै गाउँबस्तीमा समेत चाडपर्वको रौनक थपिएको छ।