काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बिमस्टेक बैठकमा प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे छलफल

1.64K
shares

ai logo सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाह बालेन आगामी मंसिर ७ र ८ गते भारत भ्रमणमा जाने तयारी भएको छ ।
  • परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसमेत सुरु गरिसकेको छ ।
  • भेटवार्तामा प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे छलफल भएको स्रोतले जनाएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आगामी मंसिर ७ र ८ गते भारत भ्रमणमा जाने तयारी भएको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसमेत सुरु गरिसकेको छ ।

यसैक्रममा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा बालेनको भारत भ्रमणबारे छलफल भएको छ ।

भारतमा रहेका गृहमन्त्री सुधन गुरुङले आफ्ना समकक्षी अमित शाहसँग प्रधानमन्त्री शाहको भारत भ्रमणको बारेमा छलफल गरेका छन् ।

मंगलबार सम्पन्न भएको बिमस्टेक गृहमन्त्रीस्तरीय छलफलपछि गुरुङ र शाहबिच भेटवार्ता भएको थियो । भेटवार्तामा प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे छलफल भएको स्रोतले जनाएको छ ।