काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

क्रियाशील पत्रकार मञ्चकोे अध्यक्षतामा राससकर्मी गिरी

364
shares

भक्तपुर । क्रियाशील पत्रकार मञ्चको अध्यक्षमा राससकर्मी रमेश गिरी सर्वसम्मत चयनभएको छन् ।

मञ्चको आज सम्पन्न १६औँ वार्षिक साधारणसभाले छैठौ केन्द्रीय अधिवेशनले पत्रकार पत्रकार गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको उपाध्यक्षमा मकर श्रेष्ठ, सचिवमा अञ्जना शिल्पकार, कोषाध्यक्षमा पुष्कारराज बुढाथोकी, सहसचिवमा ऋषिकेश श्रेष्ठ चयन भएको छन् । मञ्चको सदस्यहरूमा विपीन ढुङ्गाना, सङ्गीता अधिकारी, रत्नकाजी श्रेष्ठ र सृजना खतिवडा चयन भएको छन् ।

अध्यक्ष गिरीले क्रियाशील रहेका पत्रकारहरूको साझा सङ्गठनको रूपमा मञ्चलाई बिस्तार गर्ने र पत्रकारको हकहित एवं अधिकारका सवालमा आवाज उठाउने बताए ।