गृहपृष्ठ सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार पुगेको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु