global ime bank Long Banner Ad

गृहपृष्ठ बाजुराको बुढीगंगामा पुन: मतदान गर्ने आयोगको निर्णय

बाजुराको बुढीगंगामा पुन: मतदान गर्ने आयोगको निर्णय

बाजुराको बुढीगंगामा पुन: मतदान गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेको छ । ३० वैशाखमा भएको चुनाव निष्पक्ष हुन नसकेको निष्कर्ष निकाल्दै आयोगले त्यसलाई रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको हो ।

‘बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका नायब उपरीक्षक श्री चतुर्भुज ओझा तथा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी उपरीक्षक श्री दिपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकाले निजहरूलाई तीन दिनभित्र हटाई सो पदमा अन्य जिम्मेवार कर्मचारीलाई खटाई स्थानीय तह निर्वाचनको प्रकृया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयलाई निर्देशन दिने,’ आयोगको निर्णयबारे जानकारी दिँदै प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अबको निर्वाचन कार्यक्रम भने निर्वाचन अधिकृतको कार्यालयले नै तोक्ने भएको छ । त्यसका लागि निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले निर्देशन दिएको छ । बुढीगंगा नगरपालिकाका १० मध्ये ६ वटा वडामा चुनावबारे विवाद भएको थियो । त्यसपछि विवादबारे अध्ययनका लागि निर्वाचन आयुक्तसहितको टोली बाजुरा पुगेको थियो ।

बुढीगंगाका केही वडामा नेपाली कांग्रेस र केही वडामा नेकपा एमालेले बुथ कब्जा गरेको भन्दै विवाद चर्केको हो । सोही कारण आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो ।

आयोगद्वारा जारी विज्ञप्ति :

प्रकाशित समय : ०२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु