काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दैलेख बस दुर्घटनामा मृत्यु हुने चारैजनाको सनाखत

12.96K
shares

दैलेखमा बस दुर्घटनामा ज्यान गुमाउने चारैजनाको सनाखत भएको छ । दैलेखको आठबिस नगरपालिका-२ सिस्नेमा बुधबार बस दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका-९ का प्रेम सुनार र काशीराम पाण्डे, कालिकोटको पलता गाउँपालिका-३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

बसमा सवार अन्य व्यक्ति घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्यचौकी र कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचार भइरहेको छ । म१ख ६६० नम्बरको बस कालिकोटबाट सुर्खेत हुँदै नेपालगञ्जतर्फ जाँदै गर्दा गए राति दुर्घटना भएको थियो ।