nmb bank

गृहपृष्ठ अफगानिस्तानमा एकैदिन चार विस्फोट, १२ जना बढीको मृत्यु

अफगानिस्तानमा एकैदिन चार विस्फोट, १२ जना बढीको मृत्यु

अफगानिस्तानमा एकैदिन चार विस्फोट, १२ जना बढीको मृत्यु

अफगानिस्तानमा बुधबार एक मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मजार-ए-शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो । उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन् ।

बुधबार नै काबुलमा रहेको एक मस्जिदभित्र भएको बम विस्फोटमा कम्तिमा दुईजना मारिएका छन् भने १० जना घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मजार(ए(शरीफमा भएका विस्फोटको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ ।

काबुलको आपतकालीन अस्पतालका अनुसार मस्जिदमा भएको विस्फोटमा परी कम्तिमा ५ जनाको मृत्यु र २२ जना घाइते भएको बीबीसीले खबर लेखेको छ ।

प्रकाशित समय : १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु