काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नयाँ शैक्षिक सत्र सुरु, ३५ लाख पाठ्यपुस्तक अझै छापिएनन्

12.68K
shares

नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भइसके पनि विद्यार्थीहरु पाठ्यपुस्तकबाट बञ्चित बनेका छन् । अझै करिब ३५ लाख थान पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेको छैन । पुस्ता छपाईको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले चालु शैक्षिक सत्रका लागि आवश्यक १ करोड ९८ थान पुस्तक छाप्नुपर्ने थियो । तर समयमै कागज आपूर्ति नभएको भन्दै १ करोड ६३ लाख थान मात्रै पुस्तक छापेको छैन ।

केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले यसको बहाना रुस–युक्रेनबीचको द्वन्द्वलाई देखाएका छन् । द्वन्द्वका कारण कागज अभाव हुँदा समयमै पुस्तक छाप्न नसकिएको उनको दाबी छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बुधबार गरेको छलफलमा उनले स्थानीय तह चुनावको मतपत्र छपाइको असर पाठ्यपुस्तक छपाइमा परेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला बज्राचार्यले छपाइ र ढुवानी सँगसँगै गरेर यथाशक्य छिटो पुस्तक पुर्‍याउने बताइन् ।

बैठकमा सांसद योगेश भट्टराईले भने जनक शिक्षा र शिक्षा मन्त्रालयले छाप्न बाँकी पुस्तकको तथ्यांक लुकाएको आरोप लगाए । ‘मैले पाएको जानकारीअनुसार ७५ लाख पुस्तक छाप्न बाँकी छ, गलत तथ्यांक दिएर भ्रममा पार्न खोजिएको छ,’ उनले भने । सांसद भट्टराईले रुस-युक्रेन युद्धले पछिल्लो समय कागज अभाव भए पनि जनक शिक्षाको लापरबाहीका कारण समयमै छपाइ हुन नसकेको जनाए ।

एक महिनाभित्र पुस्तक छापिसक्न र छापिएका पुस्तक तत्काल विद्यार्थीसम्म पुर्‍याउन निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् । जनक शिक्षाले दैनिक ८० हजार र प्रज्ञा प्रतिष्ठानले २५ हजार गरेर असार पहिलो सातासम्म छपाइ सकिने केन्द्रका प्रबन्ध निर्देशक झाले बताए ।