काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

1.01K
shares

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरविक्रम चौधरीले विगत चाररपाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

“लगातार बाघ देखिन थालेपछि हामीले निगरानी बढाउन सो क्षेत्रमा क्यामेरा पनि जडान गरेका थियौँ,” रेञ्जर चौधरीले भने, “गएराति पनि क्यामेरामा बाघ देखिएपछि अहिले शुक्लाफाँटाबाट दुई वटा हात्ती त्यहाँ परिचालन गरिएको छ ।”

निकुञ्जभित्र रहेको शुक्लाफाँटा पोष्टबाट दुई वटा हात्ती परिचालन गरेर बाघलाई बस्ती छेउबाट जङ्गलतर्फ धपाउने काम भइरहेको चौधरीको भनाइ छ । त्यहाँ हात्तीका साथै बेल्डाडी पोष्टबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारी पनि खटिएका छन् ।

“पाटेबाघ उखुबारीमा रहेको भन्ने खबर पनि आएको छ,” उनले भने, “उक्त क्षेत्रमा आवतजावत गर्ने स्थानीयलाई सावधानी अपनाउन भनेका छौँ ।”