काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वन पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा

11.95K
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वनको काठ, दाउराको मूल्यांकन आफूखुसी गरी परिमाण घटाएकोलगायत आरोपमा मोरङ मिक्लुङ सामुदायिक वनका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष सन्तोषकुमार लावतीविरुद्ध रु नौ लाख ७७ हजार ३४९, तत्कालीन सचिव देविन्द्र कार्कीविरुद्ध रु आठ लाख १६ हजार ७४९, कोषाध्यक्ष भीमा लम्साल ढकालविरुद्ध रु सात लाख दुई हजार ३४९ बराबरको बिगो दाबी गरेको छ ।

आयोगका अनुसार तत्कालीन आपूर्ति संयोजक रामप्रसाद पौडेलविरुद्ध रु तीन लाख ८४ हजार १४९, लेखापरीक्षक चन्द्रबहादुर बस्नेतविरुद्ध  पदीय एवम् व्यावसायिक दुरुपयोग गरेको ठहरसहित कैद सजायको माग गरिएको छ । 

आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूले संस्थामा आम्दानी नदेखाइ रकम हिनामिना गरेको पुष्टि भएको छ ।