global ime bank Long Banner Ad

गृहपृष्ठ सवारी साधानको भाडा फेरि बढ्यो

सवारी साधानको भाडा फेरि बढ्यो

सवारी साधानको भाडा फेरि बढ्यो

सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः बढाएको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो । 

यात्रुवाहक सवारीसाधनमा २.१ प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर निर्धारण गर्दाको भन्दा अहिले डिजेल प्रतिलिटर रु १० वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । 

पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा २.१ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ३ प्रतिशत भाडा बढाइएको छ । 

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । 

पछिल्लो पटक यही जेठ ४ गते भाडादर समायोजन गरिएको थियो । त्यतिबेला डिजेलको मूल्य रु १५३ रहेकामा हाल रु १६३ कायम भएको छ । 

प्रकाशित समय : २०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु