काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

10.21K
shares

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले आयल निगम घेराउ गरेका छन् । 

विद्यार्थी संगठनले पेट्रोल, ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुधबार दुई घन्टा आयल निगम घेराउ गरेका हुन् । 

उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए भने अनावश्यक रुपमा कर लगाएर सरकारले नै पेट्रोलियम पदार्थ मूल्य उच्च बनाएको आरोप लगाएका थिए । 

प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनताको चुलो बल्न नसक्ने अवस्था आएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिएर नागरिकको जनजीवन सामान्य बनाउन माग गरेका छन् । 

उनीहरुले मूल्यवृद्धि फिर्ता नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले कुन दलको सरकार छ भन्ने हिसाव आफूहरुले नगर्ने भन्दै गरिब जनताको चुल्हो बल्न छाडेको कुरा महत्वपूर्ण भएको बताइन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थीको दबावले नै मूल्यवृद्धि फिर्ता गराएरै छाड्ने बताए ।

निगमले पेट्रोल, डिजल र मट्टितेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा दुई सय रुपैयाँले बढाएको थियो । 

मूल्यवृद्धिसँगै एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टितेल र डिजलको १६३ रुपैयाँ तथा प्रतिसिलिन्डर ग्याँसको मूल्य १८ सय रुपैयाँ  तोकिएको छ ।