काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मानसरोवरले उचाल्यो दोस्रो अध्यक्ष रनिङ कपको सिल्ड

1.03K
shares

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा रहेका माध्यमिक विद्यालय स्तरीय दोस्रो अध्यक्ष रनिङ कप प्रतियोगिताको प्रथम हुँदै मानसरोवर नमुना माध्यमिक विद्यालयले सिल्ड उचालेको छ ।

चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मानसरोवर माविले सबैभन्दा बढी स्वर्ण पदक जित्दै विजेता बनेको हो ।

प्रतियोगितामा मानसरोवर माविले ११ वटा स्वर्ण पदक जितेको छ । त्यस्तै बालमन्दिर माविले १० स्वर्ण पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ । भने कर्णाली मावि चौगानफया र सैपाल हिमाल मावि स्याँडाले दुईरदुई स्वर्ण पदक जित्दै तेस्रो स्थान हासिल गरेको आयोजक विद्यालयका शिक्षक फुन्जोक लामाले बताए ।

कैलाश मावि डाँडाफयाले एक स्वर्ण पदक जितेको थियो भने सहभागी दुई विद्यालय रामदेव मावि ठेहे र रनिङ मावि बरगाउँले कुनै पनि स्वर्ण पदक जित्न नसकेको शिक्षक लामाले जानकारी दिए ।

भलिबलतर्फ छात्रमा बालमन्दिर मावि प्रथम र कर्णाली मावि द्वितीय भएका थिए । छात्रातर्फ मानसरोवर मावि प्रथम र रनिङ मावि द्वितीय भएका थिए ।

प्रतियोगितामा छात्र तथा छात्रातर्फका विभिन्न खेलहरू सञ्चालन गरिएका थिए । कुल २६ वटा इभेन्टमा खेलाडीहरूबीच प्रतिस्पर्धा भएको सिमकोट गाउँपालिका(८ का वडाध्यक्ष कमल बुढाले जानकारी दिए । छात्रछात्रा गरी डेढ सयभन्दा बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाएको उनले बताए ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई पदक, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो भने विजेता विद्यालयलाई सिल्ड प्रदान गरिएको थियो ।

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं, गाउँपालिका उपाध्यक्ष सुशीला रोकाय लगायतले सिल्ड तथा पदक वितरण गरेका थिए ।

प्रतियोगिताको आयोजना सैपाल हिमाल माध्यमिक विद्यालयले गरेको थियो भने सिमकोट गाउँपालिकाको आर्थिक सहयोग रहेको थियो। जिल्लाका अन्य गाउँपालिकामा पनि यस्ता प्रतियोगिता