global ime bank Long Banner Ad

गृहपृष्ठ सक्रियतापूर्वक भूमिका निर्वाह गर्न प्रचण्डको निर्देशन

सक्रियतापूर्वक भूमिका निर्वाह गर्न प्रचण्डको निर्देशन

सक्रियतापूर्वक भूमिका निर्वाह गर्न  प्रचण्डको निर्देशन

नेकपा (माओवादी केन्द्र)ले सरकारको तर्फबाट संघीय संसदमा पेस हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको छलफलमा सक्रियतापूर्वक सहभागी हुन आफ्ना सांसद्लाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा संसदीय दलका नेतासमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रियताका साथ रचनात्मक तवरले भाग लिन सांसद्लाई निर्देशन दिए ।

अध्यक्ष प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले लिन लागेको नीति र लक्ष्यका बारेमा सांसद्लाई जानकारी गराएका थिए । बैठकमा अध्यक्ष प्रचण्डले दिएको निर्देशन उद्धृत गर्दै संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सक्रियताका साथ छलफल प्रक्रियामा भाग लिन र विषय वस्तुको गम्भीरतालाई बुझेर काम गर्न सांसद्लाई निर्देशन दिएका थिए ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले  सांसद्ले दिएको सुझावका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार गरिएको जानकारी गराएका थिए । 

प्रकाशित समय : २३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु