global ime bank Long Banner Ad

गृहपृष्ठ नाडाको ऐतिहासिक बैठक रारामा

नाडाको ऐतिहासिक बैठक रारामा

नाडाको ऐतिहासिक बैठक रारामा

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको एतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ । एशोसिएशनले शुक्रबार बिहान २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो ।

कर्णालीको विकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैठकलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुब थापाले भने, ‘प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैंठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको सन्देश प्रदान गर्न खोजेको हो । यसमा सबै पक्षको सहयोग महत्वपूर्ण रह्यो ।’ अध्यक्ष थापाले कर्णाली साँच्चै सुन्दर रहेको तर, आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको बताए । ‘देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात सञ्जालमा रारालाई छिट्टै जोड्नु पर्ने देखियो,’ उनले भने ।

बैठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोबाइल्स एशोसिएशनसँग पनि रारा तालको परिसरमा अन्तर्क्रिया कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा कर्णाली अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माणलगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, व्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन र अन्तरप्रदेश सम्बन्ध लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै नाडाका अध्यक्ष थापाले बजेट निर्माणको समयमा पनि धेरै विषयमा आफूहरुले सरकारलाई लिखित रुपमा सुझाव दिएको जानकारी गराए । कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा बलियो बनाउन स्थानीय स्तरबाटै आउने समस्या समाधान गर्दै जानु पर्ने धारणा राखेका थिए ।

यसैगरी नेपालगञ्ज आसपासमा रहेका अटोमोबाइल क्षेत्रका समस्याको विषयमा शनिबार नेपालगञ्जको सिद्धार्थ होटलमा अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा लुम्बिनी अटोमोबाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराइ समेतको उपस्थिति रहेको थियो ।

नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशमा रहेर पर्यटकको ओसारपसारमा काम गर्ने पदमबहादुर रावललाई आर्थिक सहयोग गरेको थियो । रावलका दुई बच्चाको पढाई लेखाईमा सहयोग पुगोस् भनेर नगद १५ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो । साथै, नाडाका सदस्यहरुले निजको परिवारका सदस्यलाई काठमाडौं वा जनकपुर जहाँ भए पनि रोजगारी दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित समय : ००:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु