global ime bank Long Banner Ad

गृहपृष्ठ रोहित इन्डोनेसियाको पर्सिक कडिरीमा अनुबन्ध 

रोहित इन्डोनेसियाको पर्सिक कडिरीमा अनुबन्ध 

रोहित इन्डोनेसियाको पर्सिक कडिरीमा अनुबन्ध 

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियन क्लब पर्सिक कडिरीमा अनुबन्ध भएका छन् ।  आइतबार लिगा वानको क्लब पर्सिकले रोतिहलाई अनुबन्धन गरेको जनाएको हो । उसले लेखेको छ, ‘स्वागत छ हिमालय ह्वाइट टाइगर ।’

यसअघि शनिबार पूर्वक्लब पर्सिजा जाकर्ताले रोहितले क्लब छोड्ने पुष्टि गर्दै बिदाई भिडियो सार्वजनिक गरेको थियो । सन् २०१७ मा दोस्रो पटक जाकार्तासँग जोडिएका रोहितले ११९ खेल खेल्दा १० गोल र आठ अशिष्ट गरेका छन् । यस अवधिमा रोहितले जाकार्ताबाट एक घरेलु लिगसहित तीन उपाधि जितेका थिए । सन् २०१८ मा उनी लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

रोहितले सन् २०१३ देखि २०१५ सम्म पहिलो पटक जाकार्ताबाट खेलेका थिए । इन्डोनेसियामा रोहितले खेलेको यो तेस्रो क्लब हो । सुरुमा उनले पीएसपीएस पेकेनबारुबाट खेलेका थिए ।

स्रोतका अनुसार ३० वर्षे रोहितले तीन वर्षको सम्झौता गरेका छन् । हाल भने रोहित नेपालमै रहेका छन् । पछिल्लो समय प्रशिक्षक-खेलाडी विवादका कारण रोहित राष्ट्रिय टिममा समेटिएका छैनन् ।

प्रकाशित समय : ००:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु