गृहपृष्ठ चार वर्षमा २९ पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

चार वर्षमा २९ पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

चार वर्षमा २९ पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सरकारी स्वामित्वको नेपाल आयल निगमले विगत ४ वर्षमा पेट्रोलियम पदार्थको मूल्य झन्डै दोब्बर बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै पेट्रोलियम पदार्थको पनि मूल्य बढाउनुपरेको निगमले बताउँदै आएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेका बेला पनि निगमले न्यून मात्रामा मूल्य समायोजन गर्दै आएको छ । पछिल्लो पटक पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ कायम हुँदा २०७४ साल कात्तिक १५ गते १ सय रुपैयाँ मात्र थियो ।

निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै त्यसको प्रत्यक्ष असर सर्वसाधारणको चुल्होचौकोसम्म परेको छ । ढुवानी भाडा महँगिएसँगै दैनिक उपभोग्य सामग्रीको मूल्य ह्वात्तै बढेको छ । यसले सर्वसाधारणको दैनिकीसमेत असहज बनिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेका बेला मूल्य समायोजन गर्ने तर घटेका बेला त्यसलाई निरन्तरता नदिने निगमको प्रवृत्तिप्रति सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।

गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सत्ता छाड्नुअघि सार्वजनिक भाडा २९ प्रतिशत बढाएको थियो । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाउँदै लगेपछि हालसम्म सार्वजनिक यातायातको भाडा ५४ प्रतिशत बढाइएको छ । यसले गर्दा सर्वसाधारणको दैनिकीमा असर परिरहेको छ ।

आयल निगमले अचाक्ली मूल्य बढाएसँगै त्यसको विरोधमा सर्वसाधारणदेखि विभिन्न संघ–संगठनहरूले तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरिरहेका छन् । शुक्रबार मात्रै मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीको जनवर्गीय संगठनहरूको आयोजनामा काठमाडौंको टेकुस्थित आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरिएको छ । विरोधमा प्रदर्शनमा सहभागीले सरकारले हालै बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । सरकारले जनतालाई कष्ट दिने काम गरिरहेकाले मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन गरिएको ती संगठनले बताएका छन् ।

पछिल्लो पटक डिजल र मट्टीतेल प्रतिलिटर १५३ पुगेको छ, जबकि चार वर्षअघि यो मूल्य ७५ रुपैयाँ मात्र थियो । चार वर्षमा निगमले पेट्रोलियमको मूल्यवृद्धि २९ पटक वृद्धि गरेको छ । निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएसँगै सर्वसाधारणले थेग्नै नसक्ने गरी अन्य वस्तुको बजार भाउ अकासिनुका साथै सार्वजनिक यातायातको भाडा बढेको छ । मूल्यवृद्धिविरुद्ध विद्यार्थीदेखि सर्वसाधारणसमेत आन्दोलित भइरहेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले सरकारले जनतालाई कष्ट दिने काम गरिरहेकाले मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन गर्नुपरेको बताइन् । यस्तै, मजदुर नेता अर्जुनलाल श्रेष्ठले चुनावलगत्तै जनताको ढाड सेक्ने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि आन्दोलनमा होमिनुपरेको जनाए । मूल्यवृद्धि फिर्ता लिन सरकारलाई खबरदारी गरिरहने उनको भनाइ छ । निगमले सबैभन्दा बढी गत वर्ष २०७८ मा १४ पटक मूल्य बढाएको छ भने २०७७ मा तीन पटक मूल्यवृद्धि गरेको तथ्यांकले देखाउँछ । २०७४ मा ६ पटक र २०७५ मा ५ पटक पेट्रोलियमको मूल्यवृद्धि भएको छ । पछिल्लो पटक स्थानीय तहको निर्वाचन सकिएको भोलिपल्ट अर्थात् वैशाख ३१ मा पेट्रोलियमको मूल्यमा अत्यधिक वृद्धि गरेपछि निगमको सर्वत्र आलोचना भइरहेको छ ।

निगमले विगत ४ वर्षमा पेट्रोलियम पदार्थको मूल्य झन्डै दोब्बर बढाएको छ । पछिल्लो पटक पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ कायम हुँदा २०७४ साल कात्तिक १५ गते १ सय रुपैयाँ मात्र थियो । निगमले सबैभन्दा बढी गत वर्ष २०७८ मा १४ पटक मूल्य बढाएको छ भने २०७७ मा तीन पटक मूल्यवृद्धि गरेको निगमको तथ्यांकले देखाउँछ । २०७४ मा ६ पटक र २०७५ मा ५ पटक पेट्रोलियमको मूल्यवृद्धि भएको छ ।

कहिले कति मूल्यवृद्धि ?

२०७४  
कात्तिक १५ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय, डिजल ७५ र मट्टीतेल ७५ रुपैयाँ
पुस ४ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय १, डिजल ७८, मट्टीतेल ७८ रुपैयाँ
पुस १७ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय २, डिजल ७९ र मट्टीतेल ७९ रुपैयाँ
माघ ३ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३, डिजल ८१ र मट्टीतेल ८१ रुपैयाँ
माघ १८ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४, डिजल ८३ र मट्टीतेल ८३ रुपैयाँ
चैत १९ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५, डिजल ८५ र मट्टीतेल ८५ रुपैयाँ

२०७५
वैशाख ३ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६, डिजल ८७ र मट्टीतेल ८७ रुपैयाँ
वैशाख १९ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८, डिजल ९० र मट्टीतेल ९० रुपैयाँ
जेठ २ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय १०, डिजल ९२ र मट्टीतेल ९२ रुपैयाँ
जेठ १९ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय १३, डिजल ९५ र मट्टीतेल ९५ रुपैयाँ
असोज १ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४, डिजल १०१ र मट्टीतेल १०१ रुपैयाँ

२०७७
फागुन १७ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६, डिजल ९९ र मट्टीतेल ९९ रुपैयाँ
चैत ३ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय १८, डिजल १०१ र मट्टीतेल १ सय १ रुपैयाँ
चैत २२ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय २०, डिजल १ सय ३ र  मट्टीतेल १ सय ३ रुपैयाँ

२०७८
वैशाख ४ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय २१, डिजल १ सय ४ र मट्टीतेल १ सय ४ रुपैयाँ
जेठ २ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय २३, डिजल १०६ र मट्टीतेल १ सय ६ रुपैयाँ
जेठ २२ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय २५, डिजल १०८ र मट्टीतेल १ सय ८ रुपैयाँ
असार ९ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय २७, डिजल १ सय १० र मट्टीतेल १ सय १० रुपैयाँ
असार २२ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय २९, डिजल १ सय १२ र मट्टीतेल १ सय १२ रुपैयाँ
भदौ ७ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३०, डिजल १ सय १३ र मट्टीतेल १ सय १३ रुपैयाँ
कात्तिक १२ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३३, डिजल १ सय १६ र मट्टीतेल १ सय १६ रुपैयाँ
कात्तिक २४ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६, डिजल १ सय १९ र मट्टीतेल १ सय १९ रुपैयाँ
माघ ५ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३९, डिजल १ सय १२ र मट्टीतेल १ सय १२ रुपैयाँ
माघ १८ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४२, डिजल १ सय २५ र मट्टीतेल १ सय २५ रुपैयाँ
फागुन ७ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४५, डिजल १ सय २८ र मट्टीतेल १ सय २८ रुपैयाँ
फागुन १९ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५०, डिजल १ सय ३३ र मट्टीतेल १ सय ३३ रुपैयाँ
चैत २ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५, डिजल १ सय ३८ र मट्टीतेल १ सय ३८ रुपैयाँ
चैत २२ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६०, डिजल १ सय ४३ र मट्टीतेल १ सय ४३ रुपैयाँ

२०७९
वैशाख ३१ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७०, डिजल १ सय ५३ र मट्टीतेल १ सय ५३ रुपैयाँ

(नेपाल न्यूज बैंक)

प्रकाशित समय : २०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु