काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सत्ता गठबन्धनको बैठक जारी, सरकारका नीति तथा कार्यक्रमबारे छलफल हुँदै

12.75K
shares

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । नयाँ आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यकमको बारेमा छलफल गर्न उक्त बैठक बोलाइएको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा)का शीर्ष नेताहरु उपस्थित छन् । बैठकमा आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमबारे छलफल भइरहेको छ । नयाँ आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद्का दुवै सदनमा पेस गर्ने तयारी छ । बजेटबारे गठबन्धनमा रहेका दलहरुले साझा धारणा बनाइरहेको बताइएको छ ।

सरकारले यही १० गते आफ्नो नीति तथा कार्यक्रम ल्याउँदै छ ।