गृहपृष्ठ पोखरामा आचार्यको अग्रता कायमै
पोखरामा आचार्यको अग्रता कायमै

स्थानीय तह निर्वाचनअन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना सुरु भएकामा हालसम्म एक लाख ४ हजार २१२ मतगणना सकिएको छ ।
पोखरामा आज दिउँसो १ बजेसम्मको मतमतगणनाको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले आफ्नो अग्रतालाई कायमै राखेका छन् । आचार्य अहिलेसम्म तीन हजार ३९५ मतले अघि छन् । आचार्यले ४१ हजार ७०५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्णबहादुर थापाले ३८ हजार ३१० मत ल्याएका छन् ।
यसैगरी, महानगरको उपप्रमुखमा भने एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ४३ हजार ६१६ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम् प्रत्याशी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४१ हजार ९२० मत रहेको छ । उपप्रमुखमा एक हजार ६९६ मतान्तर छ ।
वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । महानगरका ३३ वडामध्येमा अहिले वडा नम्बर १०, ११, १६, १७, १८, १९, ३९, ३० र ३१ को मतगणना भइरहेको छ । गणना बाँकी रहेका वडामा २१, २२, ३२ र ३३ रहेका छन् ।
हालसम्म २० वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।
प्रकाशित समय : २०:१५ बजे