गृहपृष्ठ भरतपुर महानगर (अपडेट) : रेणु दाहाल ८०५९ मतले अगाडि
भरतपुर महानगर (अपडेट) : रेणु दाहाल ८०५९ मतले अगाडि
भरतपुर महानगरपालिकामा अब ३३ हजार ६०७ मत गन्न बाँकी छ । भरतपुर महानगरमा जम्मा एक लाख २७ हजार ८३९ मत खसेकामा हालसम्म ९४ हजार २३२ मत गणना सकिएको छ । भरतपुरका २९ वडामध्ये १९ वडाको मत गनेर सकिएको हो ।
गठबन्धनबाट मेयरकी उमेदवार नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले हालसम्म ३७ हजार २७ मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले)का विजय सुवेदीले २८ हजार ९६८ मत मात्रै प्राप्त गरेका छन् । दाहाल सुवेदीभन्दा आठ हजार ५९ मतले अगाडि छन् । मेयरमा कांग्रेसबाट बागी उमेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार २३३ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार १२९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की हिमला गुरुङले २२ हजार ९११ मत मात्रै प्राप्त गरेकी छन् । अहिले भरतपुर-२० र २१ नम्बरको मत गणना भइरहेको छ ।
प्रकाशित समय : १९:५७ बजे



















