गृहपृष्ठ युगाण्डाविरुद्ध आज अन्तिम टी-२० खेल्दै नेपाली महिला टोली
युगाण्डाविरुद्ध आज अन्तिम टी-२० खेल्दै नेपाली महिला टोली

नेपाली महिला क्रिकेट टोलीले शनिबार युगाण्डाविरुद्ध अन्तिम टी-२० खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।
पाँच खेलको श्रृंखलामा लगातार तीन खेल जित्दै युगाण्डा ३-१ ले अगाडि छ । नेपालले एउटा खेलमा मात्रै जित निकालेको छ । शुक्रबार भएको चौथो खेलमा नेपालले युगाण्डालाई १५ रनले पराजित गरेको थियो ।
नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो । यस्तै, दोस्रोमा नेपाल १ विकेटले पराजित भएको थियो । बिहीबार युगान्डाले नेपाललाई ६ विकेटले हराएको थियो । शुक्रबार भने नेपालले १५ रनकाे विजय निकालेकाे थियाे ।
प्रकाशित समय : १८:०९ बजे