साताको नेप्से : ११५ अंककाे गिरावट, ५ अर्ब २० करोडको कारोबार
वि.सं.२०७९ जेठ ७ शनिवार १९:११
shares
यो साता नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक ११५ अंकले घटेको छ । साताको ४ दिन कारोबार भएको सेयर बजार परिसूचक २३५० अंकबाट १०० अंकभन्दा धेरै घटेर २२३५ अंकमा आइपुगेको हो । यो ४.९१ प्रतिशतको गिरावट हो ।
यसैगरी, यो साता सेन्सेटिभ परिसूचकमा समेत गिरावट आएको छ । सातामा सेन्सेटिभ परिसूचक ४.२४ प्रतिशत अर्थात १९.२३ अंक घटेको हो । यससँगै साताभरमा सेन्सेटिभ परिसूचक ४३४.७३ अंकमा आइपुगेको छ ।
नेप्से परिसूचक ११५ अंकले घटेको साता कारोबार रकम भने खुम्चिएको छ । ४ दिन कारोबार भएको नेप्सेमा ३ दिनसम्म घट्दा बजारमा औसत दैनिक १ अर्ब ३० करोडको कारोबार भएको छ । यसको अर्थ यो साता नेप्सेमा ५ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ ।

























