टस हारेर युगान्डाविरूद्ध ब्याटिङ गर्दै नेपाल
वि.सं.२०७९ जेठ ७ शनिवार १९:२८
shares

युगान्डाविरुद्धको चौथो ट्वान्टी २० खेलमा नेपाली महिला क्रिकेट टोलीले पहिलो ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर युगान्डाले फिल्डिङ रोजेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो । यसअघि खेल १ बजेदेखि सुरु हुने तालिका रहे पनि ओसिलो मैदानका कारण टसमा ढिलाई भएको थियो ।
पाँच खेलको ट्वान्टी २० शृंखला दुई खेल अगावै गुमाएको नेपाल पहिलो खेलमा पाहुना टोलीसँग १२ रनले, दोस्रो खेलमा एक विकेटले र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । शुक्रबार भएको चौथो ट्वान्टी २० मा भने नेपालले १५ रनको जित निकालेको थियो ।
यो शृंखलाको अन्तिम खेल हो । नेपाली महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो ।

























