गृहपृष्ठ ‘प्रथम प्रधान सेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर’ प्रतियोगिता सुरु

‘प्रथम प्रधान सेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर’ प्रतियोगिता सुरु

‘प्रथम प्रधान सेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर’ प्रतियोगिता सुरु

नेपाली सेनाको आयोजनामा मुस्ताङको जोमसोममा ‘प्रथम प्रधान सेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता २०७९’ सुरु भएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गरेको प्रतियोगितामा स्वदेश तथा विदेशका गरी २३ टिमको सहभागिता छ । प्रतियोगिताअन्तर्गत क्लाइम्बिङ, रनिङ र साइक्लिङमा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । खेलाडीले प्रतियोगितामा २० दशमलव २ किलोमिटर दूरी पार गर्नुपर्ने छ ।

पुरुषतर्फ विजेता हुने पहिलो टिमलाई ट्रफीसहित ३ हजार, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः २ र १ हजार डलर प्रदान गरिने प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिए । त्यस्तै महिलातर्फ प्रथम हुने टिमलाई ट्रफीसहित नगद १ लाख, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित समय : १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु