गृहपृष्ठ उल्टो हिंडेर मेची-महाकाली यात्रा गरेका परियार फेरि मुस्ताङकाे उल्टो यात्रामा

उल्टो हिंडेर मेची-महाकाली यात्रा गरेका परियार फेरि मुस्ताङकाे उल्टो यात्रामा

उल्टो हिंडेर मेची-महाकाली यात्रा गरेका परियार फेरि मुस्ताङकाे उल्टो यात्रामा

उल्टो पैदल यात्री ऋषि परियार मेची(काली यात्रा सकेर यतिबेला मुस्ताङसम्मको यात्रामा निस्किएका छन् । पहिलो चरणको यात्रा सकेका ऋषिले दोस्रो चरणमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलदेखि मुस्ताङसम्मको उल्टो पैदल यात्रा तय गरेका हुन् ।

बुटवलदेखि ३ दिनमा पाल्पाको तानसेन पुगेका परियारले २५-२६ दिनसम्म मुस्ताङसम्मको यात्रा सक्ने बताएका छन् । दाङ स्थायी घर भएका ३० वर्षीय परियारले यसअघि ६२ दिन उल्टो हिँडेर पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्मको पैदल यात्रा सकेको बताए ।

उनले यसअघि ‘हिंडौं स्वस्थ रहौं’ भन्ने नारासहित सयौं किलोमिटरको यात्रा सफल भएपछि अहिले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले यात्रामा निस्किएको बताए ।

प्रकाशित समय : १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु