काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वीरगञ्जमा उपमेयरले पाएकाे मतभन्दा बढी मत बदर

11.28K
shares

वीरगञ्जमा उपप्रमुखका उम्मेदवारले पाएको मतभन्दा १ हजार ५६३ बढी मत अर्थात् ३ हजार ९०३ मत बदर भएको छ । उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले २ हजार ३४० मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ३७८ मत पाएका छन् ।

वीरगञ्जमा सत्तारुढ गठबन्धनले मेयरमा जसपा उम्मेदवार र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका थिए । त्यस्तै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले पनि मेयर उपमेयरमा तालमेल गरेका छन् । मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले झण्डै १ हजार ९०० मतले अग्रता कायम गरेका छन् ।

४ वटा वडाको ७ हजार ७७ मत गणना हुँदा सिंहले ३ हजार ४१५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले १ हजार ५३१ मत ल्याएका छन् । सरावगी निवर्तमान मेयर हुन् ।

राप्रपाका गिरीश गिरीले १०६ मत पाएका छन् ।