गृहपृष्ठ वीरगञ्जमा उपमेयरले पाएकाे मतभन्दा बढी मत बदर
वीरगञ्जमा उपमेयरले पाएकाे मतभन्दा बढी मत बदर
वीरगञ्जमा उपप्रमुखका उम्मेदवारले पाएको मतभन्दा १ हजार ५६३ बढी मत अर्थात् ३ हजार ९०३ मत बदर भएको छ । उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले २ हजार ३४० मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ३७८ मत पाएका छन् ।
वीरगञ्जमा सत्तारुढ गठबन्धनले मेयरमा जसपा उम्मेदवार र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका थिए । त्यस्तै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले पनि मेयर उपमेयरमा तालमेल गरेका छन् । मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले झण्डै १ हजार ९०० मतले अग्रता कायम गरेका छन् ।
४ वटा वडाको ७ हजार ७७ मत गणना हुँदा सिंहले ३ हजार ४१५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले १ हजार ५३१ मत ल्याएका छन् । सरावगी निवर्तमान मेयर हुन् ।
राप्रपाका गिरीश गिरीले १०६ मत पाएका छन् ।
प्रकाशित समय : १२:३२ बजे



















