Newskarobar Draft
वि.सं.२०७९ जेठ २ सोमवार १२:३५
shares
झण्डै डेढ महिनाअघि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिने भारतको औपचारिक भ्रमण गरे । उनको स्वागतमा भारतले एकजना राज्यमन्त्रीलाई पठायो । सोमबार त्यही भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको एक दिने औपचारिक भ्रमणका लागि लुम्बिनी आइपुगेका छन् । र, उनलाई स्वागत गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा. नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेणु यादव, पर्यटनमन्त्री प्रेम आले र शिक्षामन्त्री देवेन्द्र पौडेल मात्रै होइन, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, उर्जामन्त्री पम्फा भूसाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहित संघीय र प्रदेशमन्त्रीको दर्जनौं मन्त्रीको लाइन लाग्यो । त्यतिले मात्रले कहाँ पुग्नु प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पनि अग्रभागमा उभिएर मोदीको स्वागत गान गाइन् । मोदीले नेपालको भ्रमण गर्ने भएपछि भारतले नेपाली सुरक्षाकर्मीको विश्वास नै गर्न सकेन । एकसाता पहिले नै भारतका सयौं सुरक्षाकर्मी लडाकु विमानसहित आएर लुम्बिनीमै डेरा जमाएर बसेका छन् । जबकि नेपालले मोदीकै सुरक्षाका लागि १५ हजार सुरक्षाकर्मी लुम्बिनीमा उतारेको छ । तैपनि मोदीले गर्विलो नेपाली सुरक्षा फौजको इतिहासलाई विश्वास गर्न सकेनन् । यसले सुरक्षामाथिको अविश्वासमात्रै देखाएन् । नेपालमा जे गरेपनि हुन्छ भन्ने भारतीय हेपाहा दृष्टीलाई समेत उजागर गरेको छ ।
बाइट…
लुम्बिनीमै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल बनेको छ । सोमबारमात्रै जजिरा एयरलाइन्सको विमानले अन्तराष्ट्रिय उडानको सुरुवात गरेको छ । तर मोदीलाई भारतीय वायुसेनाका विशेष विमानमार्फत मायादेवी मन्दिरकै छेउमा उतारियो । अहिले चीनले बनाइदिएको विमानस्थलमा मोदीले अवतरण गर्न नमानेको भनेर भारतभरि हल्लीखल्ली छ । देश दोस्रो स्थानीय तह निर्वाचनको पर्वमा होमिएको छ । मुलुकको ध्यान मोदीतिर भन्दा आगामी स्थानीय तहको नेतृत्वतर्फ केन्द्रीत छ । यसअघि दुई/दुईपटक लुम्बिनीको भ्रमण गर्ने तालिका बनाएर अन्तिममा रद्द गरि सरप्राइज दिएका मोदीले यसपटक मुलुकको ध्यान अन्तै केन्द्रीत भएका भ्रमण गरेका छन् । यसलाई पनि राजनीतिक र कुटनीतिक रुपले विभिन्न कोणबाट अर्थ लगाइएको छ । स्वागतका नाममा लाचार जस्तै बनेको सरकारले बरु लुम्बिनीको जनजीवन नै ठप्प बनाएर मोदीको स्वागतमा केन्द्रित बनेको छ । मोदीको भ्रमणका लागि लुम्बिनी आसपासका क्षेत्रमा अघोषित कफ्र्यु नै लगाएर सबै बस्तीका नागरिकलाई घरभित्रै थुनिएको छ । व्यापार व्यवसायमा ताल्चा मारिएको छ ।
बाइट…
हेक्का रहोस् विगत केहीबर्षदेखि नै बुद्ध भारतमै जन्मिएको अपवाह फैलाउन मोदी नै सक्रिय बनेका थिए ।

























