गृहपृष्ठ स्याङजा जीप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्यो
स्याङजा जीप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्यो
स्याङ्जामा भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउने सबै १४ जनाकाे पहिचान खुलेकाे छ । दुर्घटनामा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे र सबैकाे पहिचानसमेत खुलेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार स्याङजा वालिङ नगरपालिका-१४ पञ्चमुल अर्खलबास बस्ने वर्ष ६३ की माया पुन, ९ वर्षीय प्रविण कुँवर, ५० वर्षीय कुलदिप कुँवर, ५० वर्षीया डेम कुमारी कुँवर, ८६ वर्षीया हरीकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भिमकला कुँवरकाे जीप दुर्घटनमा परेर ज्यान गएकाे छ । त्यसैगरी ७० वर्षीया मुवा कुमारी कुँवर, ४३ वर्षीया पोट कुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञान दली कुँवर, ५० वर्षीया मिना कुँवर र ५० वर्षीया फूलदेवी कुँवरको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जीप दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बेल माया कुँवर, भुल वहादुर कुँवर, गौमती थापा, ज्ञान माया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर, र नेत्र वहादुर कुँवर रहेका छन् । घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
वालिङ नगरपालिका-१४, पञ्चमुल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग२च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटनामा परेको हाे । जीप अनियन्त्रित भइ सडकबाट ५०० मिटर तल खसेको थियाे ।
प्रकाशित समय : २२:०० बजे



















