global ime bank Long Banner Ad

गृहपृष्ठ पिज्जा हटको लाइटर, क्रिस्पियर सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक

पिज्जा हटको लाइटर, क्रिस्पियर सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक

पिज्जा हटको लाइटर, क्रिस्पियर सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक

नेपाली ब्रान्ड पिज्जा हटले आफ्नो लाइटर, क्रिस्पियर र स्वादिलो सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार पिज्जा प्रेमीहरुले आनन्द लिने सक्ने सान फ्रान्सिस्को शैलीको पिज्जामा शेफको विशेष सस र एक्स्ट्रा भर्जिन आलिभ आयल ड्रिजलको प्रयोग गरिन्छ ।

सान फ्रान्सिस्को शैलीको पिज्जा, पिज्जा हटको मेनुमा ३८९ रूपैयाँबाट उपलब्ध छ । यसको भेज/ननभेज दुवैको मज्जा लिन सकिन्छ । यो पिज्जा बनाउन सावर डोको प्रयोग गरिन्छ, जसले सान फ्रान्सिस्को शैलीको पिज्जालाई हल्का, क्रिस्पी बनावटको साथ अद्वितीय र विशिष्ट स्वाद दिन सहयोग गर्दछ । विशिष्ट आवरण भएका ह्यान्डक्राफ्टेड पिज्जाहरुको माग बढ्दै गइइरहेको समयमा सान फ्रान्सिस्को शैलीको पिज्जा उपभोक्तामाझ पहिलो रोजाइ बनेको छ ।

काठमाडौँ भरीका ग्राहकहरुले कुनै पनि उपलब्ध एग्रीगेटरहरुमार्फत डेलिभरीको लागि अर्डर गर्न सक्नेछन् र उत्कृष्ट डाइन-इन वा टेक-अवे अनुभवको लागि नजिकको पिज्जा हट रेष्टुरेन्टहरुमा जान सक्नेछन् । पिज्जा हट ब्रान्डले सरकार र डब्लुएचओद्वारा जारी गरिएका सबै नियम, प्रोटोकलहरु र दिशानिर्देशहरुलाई अधिकतम खाद्य स्वच्छता र ग्राहकहरुको सुरक्षाको लागि पालना गरेको दाबी गरेको छ ।

कम्पनीका अनुसार यो पिज्जा २४० डिग्रीमा पकाइन्छ जसले सबै भाइरसहरुलाई मार्छ । साथै ट्याम्पर प्रुफ बक्सहरुमा प्याक गरिन्छ । उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्नका लागि सबै खाद्य तयारीहरुमा ताजा सेनिटाइज्ड तरकारीहरु र उच्च गुणस्तरका सामग्रीहरु प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : २१:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु