गृहपृष्ठ पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा
पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा
बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा एमालेका एक उम्मेदवारलाई सुर्खेत प्रहरीले नियन्त्रणका लिएको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार राजन बिसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति नै छापा हानेको थियो । प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा १ लाख १ हजार रुपैयाँ झोलामा राखेको नगद फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
घर्तीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।
प्रकाशित समय : १४:३७ बजे



















